नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित



नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन् ।

आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उनलाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो । महरा रोल्पा निर्वाचन क्षेत्र नं १ ९१० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत छन् । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका नौ जना प्रदेशसभा सदस्यले उनलाई सर्वसम्मत चयन गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए ।

प्रकाशित मिति : पुस १८, २०७९ सोमबार  ७ : ४७ बजे