२०७९ पुष २२, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशमा दलको नेता चयनमा सवैभन्दा बढी उल्लेख्यीय भूमिका युवा नेता कुन्दराज काफ्लेको रहेको कांग्रेस वृतमा चर्चा छ । संसदीय दलको नेतामा बहादुर सिंह लामालाई जिताउन काफ्लेले खेलेको भूमिकापछि उनको थप चर्चा भइरहेको छ । दोलखा प्रदेश सभा ‘क’बाट सर्वाधिक मत ल्याएर बागमती प्रदेश सभा सदस्य बनेका काफ्ले पुस १४ गते भएको संसदीय दलको निर्वाचनमा लामाको पक्षमा उभिए ।
प्रदेश सभापति इन्द्र बानियाँ र लामाबीच भएको निर्वाचनमा काफ्लेले लामालाई बोकेपछि एकाएक लामाको पक्षमा माहोेल सिर्जना भयो । लामाको प्रस्तावक नै बनेर प्रचार–प्रसारमा लागेका काफ्लेले आफ्ना उम्मेदवारलाई जिताउनमा निर्वाचनमा कुनैपनि कसुर बाकिँ राखेनन् ।
अन्ततः लामाले बानियाँलाई पाँच मतको अन्तरमा संसदीय दलको निर्वाचनमा विजयी भए । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्री डिना उपाध्याय सहित केन्द्रीय सदस्य समेत रहेका काफ्ले लगाएतका नेताहरु लामाको पक्षमा उभिएका हुन् ।
काफ्ले ०६२/६३ को जनआन्दोलनले जन्माएका नेता हुन् । विद्यार्थी राजनीति लामो समय गरेर पार्टी राजनीतिमा प्रवेश गरेका काफ्को भूमिका माथि कुनैपनि नेताको प्यारो बन्ने नाममा प्रर्वाग्राही बन्नु वान्छनिय नहुने कार्यकर्ताहरु तर्क गर्छन् ।
कृष्णप्रसाद सिटौला निकटका नेता काफ्लेले अहिले सिटौला टिममा नेतृत्वदायी भूमिका निभाइरहेका छन् ।