गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त



पोखरा, २५ पुस । एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुरूले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको दाबी गरेका थिए ।

अधिकारीले आजै मुख्यमन्त्री पदको सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : पुस २५, २०७९ सोमबार  ३ : ४३ बजे