काठमाडौं, ३ माघ । नेपालि काङ्ग्रेस दोलखाको जिल्ला कार्यसमिति सदस्यमा युवा नेता सुवास तामाङ मनोनीत भएका छन् । जिल्ला कार्यसमितिको बैठकले उनको योगदानको कदर गर्दै कार्यसमितिमा मनोनीत गरेको पार्टी सभापति बर्मा लामाले जानकारी दिए ।
गएको मङ्सिर ४ को आम निर्वाचनमा दोलखा प्रदेश क अन्तरगत बैतेश्वर गाउँपालिकामा बुथ सुरक्षाको कमान्ड तामाङले सम्हालेका थिए । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका तामाङ ०५३ सालदेखिनै नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय छन् ।
उनि ५४ सालमा तत्कालीन जनज्योति मावि गैरिमुदिको इकाई अध्यक्ष भएर संगठन निर्माणको काममा लागेका थिए । त्यसपछि काङ्ग्रेस कार्यकर्ता भएवापत तत्कालीन भुमिगत माओवादीले निशाना बनाउन थालेपछि गाउँघर छोडेर काठमाडौंमा बसोबास गरेर बसेका थिए । द्वन्दकालमा असुरक्षित महसुस भएपछी उनी रोजगारका शिलशिलामा दक्षिण कोरिया भासिए । द्वन्द्वसकिए लगत्तै स्वदेश फर्केका उनी पुनः राजनीतिमा सक्रिय बने ।
राजनीति सङ्गै उनी अहिले आफ्नै कम्पनी दियाल कन्ट्र्क्सन प्रा.लि. मार्फत निर्माण व्यवसाय गरिरहेका छन् । राजनीतिमा उनको दाजुभाइ नै उत्तिकै सक्रिय छन् । दाजु पारस तामाङ भने, नेपाली काङ्ग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य रहेका छन् ।