प्रदेश १ कांग्रेसको प्रमुख सचतेकमा भुपेन्द्र राई नियुक्त



बिराटनगर, ९ माघ नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन ।

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले प्रमुख सचेतकमा राईलाई नियुक्त गरेका हुन ।

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको बिद्यान २०७४ को दफा ११ ९१० मा व्यवस्था भए अनुसार तपाईलाई प्रदेश नम्बर १ को संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ’, दलका नेता थापाले काटेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : माघ ९, २०७९ सोमबार  ३ : ३८ बजे