मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केवल व्यवसायीले बुझाए ऊर्जामन्त्री लिङ्देनलाई ज्ञापनपत्र



काठमाडौं । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई आफूहरुको माग सम्बोधन गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

बिजुलीको पोल प्रयोगसम्बन्धमा देखिएको समस्या सम्बोधन गर्न माग गर्दै महासंघको टोलीले मंगलबार मन्त्री लिङ्देनलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेत उपस्थिति रहेका बेला महासंघको टोली सदस्यले बिजुली पोलभाडाको सम्बन्धमा प्राधिकरणले इन्टरनेटसरहको व्यवहार गर्न नमिल्नेमा बताए ।

महासंघका अध्यक्ष ध्रुव शर्मा, संघर्ष समितिका संयोजक ध्रुव सुवेदीलगायतले ज्ञापनपत्र बुझाएका हुन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  २ : ४९ बजे