मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरस्वती पूजा, देशभरका सरस्वती मन्दिरहरूमा घुइँचो (तस्बिरहरु)



काठमाडौं, १२ माघ । आज सरस्वती पूजा, काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ । आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ ।

सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरिने भएको आजबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने भएकाले बिहानैदेखि मन्दिरहरुमा घुइँचो लागेको हो ।

स्वयम्भू, मैतिदेवी, हनुमानढोकासहितका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो लागेको छ । बालबालिकाले मन्दिरका भित्ता तथा पर्खालमा चकले लेखेर अक्षरारम्भ गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ११ : ३३ बजे