मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन खोज्दा घरबेटी गम्भीर घाइते



१५ माघ २०७९, पोखरा । पोखरामा आगोले जलेर दुई जना घाईते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं। १३ की संगीता सापकोटा र संगीताको घरको डेरामा बस्दै आएका ४३ वर्षका कृष्णबहादुर क्षेत्री रहेका छन् ।

उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरु दुवैको अवस्था गम्भीर रहेको छ ।

छिमेकीका अनुसार कृष्णबहादुरले वाथरुममा पसेर आफ्नै शरीरमा आफैले पेट्रोल खन्याएर आगो लगाएका थिए ।

सो आगो निभाउने क्रममा संगीता पनि जल्न पुगेको एक छिमेकीले बताए । उनीहरुलाई छिमेकीले नै तत्कालै उद्धार गरी अस्पताल पुर्याएका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार कृष्णबहादुरको शरीर २५ प्रतिशत र संगीताको शरीर ७५ प्रतिशत जलको छ ।

कृष्णबहादुरले आफूले नै आगो लगाएको बताएको अस्पताल श्रोत बताउँछ ।

कृष्णबहादुरले आत्मदाह प्रयास गरेको हो वा होइन भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : ४८ बजे