नामिबियाविरुद्ध नेपाल : कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक



काठमाडौं, २ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। यसअघि ब्याट्सम्यान कुशल भुर्तेलले पनि अर्धशतकीय पारि खेलेका थिए।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियासँग खेलिरहेको नेपालका लागि कप्तान पौडेलले ४७ बलमा ५० रन जोडेका हुन्।

योसँगै पौडेल एकदिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्।

टस हारेर ब्याटिङ् गरेको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

नेपालले ताजा अवस्थामा २४।० ओभरमा २ विकेट गुमाउँदै १३७ रन जोडेको छ।

प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार  ३ : ३४ बजे