किशोरीहरुलाई बन्धक बनाएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ



काठमाडौँ – किशोरीहरुलाई बन्धक बनाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिए ।

उनले विभिन्न जिल्लाबाट काठमाडौँ ल्याएर बन्धक बनाएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ।

प्रहरीले ५ जना किशोरीलाई उद्दार गरेको र तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको छ।

प्रकाशित मिति : फाल्गुन १४, २०७९ आईतबार  ४ : ११ बजे