जुवातास खेलेको आरोपमा १५ जना पक्राउ



फाल्गुन १६ काठमाडौं काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५०० रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : फाल्गुन १६, २०७९ मंगलबार  २ : २४ बजे