काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी ९पीएनजी०ले नेपालसामु १८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पीएनजी ४९।२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको हो ।
नेपाली बलरसामु पीएनजीका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका कुनै पनि खेलाडीले अर्धसतक बनाउन सकेनन् ।
पीएनजीका लागि ओपन टोनी उराले सर्वाधिक ३९ रन बनाए । त्यस्तै हिरीहिरीले ३१, क्पिलिन डोरिङगा २६, गौडी टोका १५ रन बनाए । पीएनजीका नरमन भनुवाले स्कोर कार्डमा १४ रन जोड्दा शेशे बाउ र कप्तान अर्शद भालाले समान ११ रन बनाए । रिले ह्याकुरे र चाड सोपरले पीएनजीका लागि समान ९ रनको योगदान गरे ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले दुई तथा सन्दिप लामिछाने, कुशल मल्ल र करण केसीले एक एक विकेट लिए ।
दिपेन्द्रले १० ओभर बलिङ गर्दा एक मेडनसहित ३० रन खर्चेर दुई विकेट लिएका थिए ।
त्यस्तै सोमपालले १० ओभरमा रन खर्चेर दुई विकेट लिए ।
कुशल मल्ले १० ओभर बलिङ गर्दा एक मेडनसहित ३६ रन खर्चेर एक विकेट लिएका हुन् ।
सन्दिपले ९।२ ओभर बलिङ गर्दै ३१ रन खर्चेर एक विकेट लिए ।
करणले ८ ओभर बलिङ गर्दा ३१ रन खर्चेर एक विकेट लिए ।














