फागुन २५ काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम श्रृंखला कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु भएको छ ।
टियु क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।
यसअघि भएका दुई शृङ्खलामा नेपालले लगातार पीएनजीलाई पराजित गरेको थियो ।
नेपाललाई विश्वकप छनोट खेल्ने सबैभन्दा ठूलो अवसर छ । घरेलु मैदान र घरेलु दर्शकको साथले गर्दा बलियो देखिएको नेपालले सबै चार खेल जित्ने हो भने विश्वकप छनोट खेल्नेछ ।














