मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युएईविरुद्ध टस जितेर नेपालले ब्याटिङ थाल्यो



काठमाडौँ, २८ फागुन । राजधानीमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम शृंखलामा आज नेपालले युएईसँग खेल्दै छ । विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल सुरुहुने छ । युएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

नेपाल, पपुवा न्युगिनी र युएई सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी०लाई पराजित गरेको थियो । नेपाल आज पनि युएईविरुद्ध सोही लय कायम राख्ने प्रयासमा हुने छ । युएई भने पीएनजीसँग पराजित हँदै प्रतियोगिताको सुरुआत गरेको हो ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई आजसहित अरु २ खेल पनि जित्न आवश्यक छ ।

विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएई बाँकी तीन खेल जित्दै एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्ने योजनामा छ ।

विश्वकप लिग टूमा ३३ खेलमा १६ मा जित तथा १५ मा हार व्यहारेको नेपाल ३४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।युएई ३३ खेलमा १४ खेलमा जित तथा १६ खेलमा हार ब्यहोर्दै ३१ अंक अंकका साथ छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ९ : ३३ बजे