मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालसँग युएई १७७ रनले पराजित, नेपालको ओडिआई मान्यता जोगीयो



काठमाडौँ, २८ फागुन । नेपाली क्रिकेट टोली ओडिआई मान्यता जोगाउन सफल भएको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदानमा सम्पन्न आफ्नो ३४ औं खेलमा युएईलाई १७७ रनले हराएर नेपालले ओडिआई मान्यता कायम राखेको हो ।

नेपालले ३४ खेलबाट ३६ अंक जोड्दैै शिर्ष पाँचमा रहदैं अगामी चार वर्षका लागि ओडिआई जोगाउन सफल भएको छ । हाल नेपाल चौथौ स्थानमा रहेको छ । अब बाँकी रहेका दुई खेल जिते नेपाल विश्वकप छनौट खेल्न पाउनेछ । विश्वकप छनौट खेल्न शिर्ष तीनमा पुग्नुपर्छ । यो हारले युएईलाई मान्यता जोगाउन पनि कठिन भएको छ ।

जितका लागि २४९ रनको लक्ष्य पन्छाएको युएई २२ दशमलब ५ ओभरमा ७१ रनमा अलआउट भयो । उसका आयन खानले सर्वाधिक २९ रन बनाए ।नेपालका लागि ललित राजवंशीले ५, सन्दीप लामिछानेले २, दीपेन्द्रसिंह ऐरीले एक, गुल्शन झाले एक, सोमपाल कामीले एक विकेट हात पारे ।त्यासअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ दशमलब २ ओभरमा २४८ रनमा समेटियो ।

जसमा कप्तान रोहित पौडेलले ७७, आरिफ शेखले ४३, दीपेन्द्रसिंह ऐरीले ३४,भीम सार्कीले २९, कुशल मल्लले ९,कुशल भुर्तेलले ४ र सन्दीप लामिछानेले २ रनको योगदान गरे ।

२२ रनमा ३ विकेट गुमेको अवस्थामा धर्मराएको पारीलाई कप्तान रोहित,भीम र आरिफले सम्हालेका थिए ।युएईका लागि आयन खान,जावर फरिद,जाहुर खान र रोहन मुस्तफाले दुई दुई विकेट लिए ।

नेपालको टोलीमा आज दुई परिवर्तन गरिएको छ । ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखि र गुल्सन झा र ललित राजवंशीलाई खेलाइएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ३ : ३८ बजे