मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीएनजीसँग टस जितेर नेपालले थाल्यो बलिङ 



काठमाडौं, फागुन २९ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी पीएनजीसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस जितेर बलिङ रोजेको छ । नेपालले आज एक परिवर्तन गरेको छ । गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई खेलाईएको छ ।

सन् २०१९ देखि सुरु भएको सिरिजमा नेपालले ३६ खेल खेल्नु पर्ने थियो । आजको नेपाल र पीएनजीबीचको खेल ३५ औं हो ।

नेपालले विश्वकप लिगमा आफूलाई चौथो स्थानमा राखेकाले एक दिवसीय मान्यता जोगाइसकेको छ ।

अब नेपालको लक्ष्य भनेको आज र युएईविरुद्धको खेल जित्दै तालिकाको तेस्रो स्थानमा रहेर सिधै विश्वकप ग्लोबल छनोट खेल्ने लक्ष्य हुने छ ।

नेपालले त्रिवि क्रिकेट मैदानमा पछिल्ला आफ्ना ६ खेलमा जित निकालेकाले सोही लक्ष्य कायम राख्ने उद्देश्यका साथ मैदान उत्रने छ ।

पीएनजीविरुद्धको पहिलो खेल र आइतबार भएको युएईविरुद्ध जित निकालेको नेपाल आज पनि पीएनजीलाई पराजित गर्दै तालिकामा थप २ अंक जोड्ने प्रयासमा हुने छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : ३८ बजे