मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुशल मल्लले लिए पीएनजीको सातौँ विकेट



काठमाडौं, फागुन २९ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक एक दिवसीय सिरिज अन्र्तगत नेपालविरुद्ध पहिला ब्याटिङ पपुवा न्युगिनी पीएनजी संकटको अवस्थामा पुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीको ७ विकेट गुमिसकेको छ । सातौं सफलता कुशल मल्लले दिलाएका हुन् । पीएनजीले २७ ओभरमा ७ विकेट गुमाएर ८४ रन बनाएको छ ।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ र सोमपाल कामीले १ विकेट हात पारे ।

नेपालले आज एक परिवर्तन गरेको छ । गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई खेलाईएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ११ : ३८ बजे