मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युएईविरुद्ध नेपालको बलिङ



२ चैत काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम शृंखलामा युएईविरुद्ध नेपाल खेल्दैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस हारेर बलिङ को निम्ता पाएको छ ।

करण केसीलाई बेन्चमा राखेर गुल्शन झालाई खेलाईएको छ ।

नेपाल, युएई र पुवा न्युगिनी पीएनजीसम्मिलत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले अहिलेसम्म ३ खेलमा जित निकालेको छ भने समग्रमा पछिल्ला ११ खेलमा १० जित निकालेको छ ।नेपाल आज पनि युएईविरुद्ध जित निकाल्दै सिरिज क्लिनस्वीप गर्ने लक्ष्यमा रहने छ ।

आज युएईलाई पराजित गर्दै स्पष्ट २ अंक लिँदै आईसीसी विश्वकप लिग टूमा सहभागी सात टिम मध्य तेस्रो स्थानमा रहँदै जिम्बाबेमा विश्वकप छनोट खेल्न जाने छ ।

आज युएईसँग पराजित भएमा भने नेपाल नामेवियामा हुने प्ले अफ खेल्नु पर्ने छ । प्लेअफका शीर्ष २ टिमले जिम्बाबेमा विश्वकप छनोट खेल्ने छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ९ : ४२ बजे