मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र युएईको खेल हेर्न त्रिवि मैदानमा प्रधानमन्त्री प्रचण्डसहित २० हजार बढी दर्शक



आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र युएईको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि क्रिकेट मैदान पुगेका छन्।

त्रिकोणात्म सिरिज अन्तर्गतको अन्तिम र महत्वपूर्ण खेल हेर्न उनी अहिले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका हुन्।

उनी नेपाली टोलीको हौषला बढाउन खेल मैदान पुगेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

यसैबिच युएईसँग हुने खेल हेर्नका लागि आज बिहानैदेखि मैदानमा समर्थकहरुको भिड लागेको छ । आजको खेलमा २० हजार भन्दा बढी समथर्कहरु हुने आँकलन रहेको छ । बिहान ९ः३० देखि सुरु हुने खेलमा समर्थकहरु भने ७ पनि नबज्दै मैदानमा आएका छन् ।

टिकटको जिम्मेवारी पाएको माइपे वालेटले हिजो नै सबै टिकट बिकी्र भैसकेको जनाएको छ । समथर्कहरू मैदान बाहिरको पर्खाल नाघेर भित्र छिरेका छन् ।

यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ।

खेल नेपालले जिते विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ भने युएईले जिते विश्वकप लिग २ मा स्थान जोगाउन सफल हुनेछ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ९ : ४९ बजे