मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्वालिफायरमा



काठमाडौँ, २ चैत । अत्यन्तै रोमाञ्चक खेलमा नेपालले डक वर्थ लुइस प्रणाली (डीएल) को आधारमा यूएईलाई ९ रनले पराजित गरेको छ।

४४ ओभरको खेलको समाप्तिपछि खराब प्रकाशका कारण खेल सञ्चालन गर्न नसक्ने भएपछि अम्पायरद्वयले खेल सकिएको घोषणा गरेका थिए।

खेल रोकिएको बेला नेपाललाई ३६ बलमा ४२ रनको आवश्यकता थियो।त्यतिबेला नेपाल ६ विकेटको क्षतिमा २६९ रन बनाएर खेलिरहेको थियो।

तर डीएलमा नेपाल अगाडि पुगिसकेको थियो।कीर्तिपुर क्रिकेट मैदानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमध्येको यो अति रोचक खेलमा पर्दछ।

फराकिलो रन पछ्याउने क्रममा आकाश बादलले ढाकिन थालेपछि दुवै टोली डीएलको लक्ष्य हेर्दै रणनीतिक रूपमा खेलिरहेका थिए।

बीचमा केही बेर पानीले हल्का मैदान पनि भिज्यो। तर पानी नपरेपछि खेललाई निरन्तरता दिइएको थियो।त्यतिबेला खेल रोकिएको भए डीएलमा नेपाल पराजित हुने थियो।

त्यसपछि ४२ औँ ओभरमा गुलशन झाले तीन चौका र एक छक्काको मदतले २० रन जोडेपछि डीएलमा नेपालको स्थिति एकाएक सुधारियो।जब खराब प्रकाशले खेल हुन सकेन। नेपालले जित हात पारिसकेको थियो।

खेल सकिएको घोषणा गर्दा यूएईका खेलाडीहरूले भने अम्पायरसँग विमति जनाएका थिए।पछि यूएई र नेपाली टोलीका खेलाडीले हात मिलाएका थिए।

यो जितसँगै आईसीसी विश्वकप लीग(२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।

बिहीवार यूएईलाई एक रोमाञ्चक खेलमा पराजित गरेपछि नेपालले सो उपलब्धि हात पारेको हो।नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो।यसअघि कीर्तिपुर मैदानमा एक महिनाअगाडि नेपालले नामिबियाविरुद्ध २८६ रन पछ्याएको थियो।

जितसँगै नेपालको अङ्क ४० पुगेको छ। ३९ अङ्कका साथ तेस्रो स्थानमा बसिरहेको नामिबिया भने चौथो स्थानमा रहँदै प्ले अफ क्वालिफायरमा झरेको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको यूएईले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ३१० रन जोडेको थियो।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ६ : १० बजे