मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विजेता क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख पुरस्कार दिने



चैत ३ काठमाडौं । सरकारले विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई सम्मान गर्ने भएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै विश्वकप छनोटमा पुगेको क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै जनही ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो ।

जितसँगै नेपालले एक दिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने तय गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १ : २९ बजे