मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थ्री नेसन्स कप : भुटान र नेपालबिचको खेल बराबरी, उपाधिका लागि नेपाल र लाओस भिड्ने



काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगितामा भुटानविरुद्ध खेलमा नेपालले बराबरी खेलेको छ ।

नेपालले एक गोलले पछाडि परेको अवस्थामा खेलको नियमित समयको अन्तिम मिनेटमा पुनरागमन गरेको हो ।

दशरथ रंगशालमा भएको खेलमा नेपालसँग भुटानले पहिलो पटक बराबरी खेलेको छ । नेपालले भुटनसँग खेलेको १३ खेलमा सबै खेलमा जित निकालेकोमा आज पहिलो पटक बराबरीमा रोकिएको छ ।

भुटानले नेपालविरुद्ध पहिलो हाफको १९ औं मिनेटका अग्रता बनाएको थियो । भुटानका लागि तेन्जिङ नोर्बुले गोल गरेका हुन् । उनले भुटानले पाएको कर्नरमा उत्कृष्ट हेडर गोल गरेका हुन् । उनको हेडरलाई नेपाली गोलरक्षक किरण चेम्जोङले जज गर्न असफल रहे ।

नेपालका प्रमुख खेलाडी अन्जन विष्टले खेलको ४८ औं मिनेटमा घाइते हुँदै मैदान छाडेका थिए । उनले हेड गर्ने क्रममा चोट बोक्दै मैदान छाडेका थिए । अन्जनले यसअघि चोटका कारण लाओस विरुद्धको खेल गुमाएका थिए ।

नेपालले केही राम्रा गोलका अवसरहरु बनाएतापनि गोल गर्न भने असफल रह्यो । नेपालका लागि नियमित समयको अन्तिम मिनेटमा नेपालले बराबरी गोल गरेको छ । नेपालका लागि दिपक सिंह ठकुरीले बराबरी गोल गरेको हुन् । दिपकले राष्ट्रिय टोलीको लागि खेलेको दोस्रो खेलमा नै गोल गर्न सफल रहे । उनले नेपालले पाएको कर्नरमा हेडर गोल गर्न सफल रहे ।

अब उपाधिका लागि चैत्र १७ गते नेपालले आओससँग खेल्ने छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : ३८ बजे