मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै



चैत १६ कर्णाली । राष्ट्रपति चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै छन् ।

शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिँदै छन् । आज दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएका हुन् ।

राष्ट्रपति चुनावसँगै केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको थियो । राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् । राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा आज मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

नेकपा ९एमाले०, नेकपा९एकीकृत समाजवादी० र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएर मुख्यमन्त्री बनेका थिए ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रसेका १४, नेकपा ९माओवादी केन्द्र०का १३, एमालेका १०, राप्रपा, नेकपा ९एकीकृत समाजवादी० र स्वतन्त्रका एक(एक गरी ४० सदस्य रहेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ५२ बजे