मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिदेशीय कपको फाइनलमा आज नेपाल र लाओस भिड्दै



राजधानीमा जारी त्रिदेशीय प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको फाइनल आज हुँदै छ ।

साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलका लागि घरेलु टोली नेपाल र लाओस आमने सामने हुने छन् ।

यो प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागि थिए । जसमा नेपालले लओसलाई पराजित गर्दा भुटानसँग बराबरी खेल्दै फाइनल पुगेको हो ।

लाओसले भने भुटानमाथि जित दर्ता गर्दै नेपालसँग भेट पक्का भएको थियो ।नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ ।

अधिकांश सिनियर खेलाडीले टिम छाडेर विदेश पलायन भएपछि हुन लागेको खेलको उपाधि जितेमा खेलाडीको मनोबल बढ्ने नेपाली टिमका कप्तान किरण चेम्जोङले बताएका छन् ।

आजको फाइनलका लागि नेपाली खेलाडीहरु मानसिक र शारिरीकरुपमा तयार रहेको पनि कप्तान चेम्जोङले बताएका छन् ।

यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांस नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताएका छन् ।

टोली मानसिक र शारीरिक हिसवमा तयार रहेको भन्दै नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने पनि उनको भनाई छ ।

धेरैजसो नयाँ खेलाडी भएकाले सबै खेलाडीका लागि फाइनल खेल राम्रो अवसर भएको बताउँदै प्रशिक्षक एनिसले भुटानबिरुद्धको खेलमा चोट बोकेका अञ्जन बिष्ट फाइनलमा उपलब्ध हुने समेत जानकारी दिएका छन् ।

अञ्जन भुटानविरुद्धको खेलमा घाइते भएपछि मैदान छाडेका थिए ।यस्तै, भुटान अन्तिम मिनेटमा बराबरीमा रोकिएपछि फाइनलमा स्थान बनाएको लाओसका प्रशिक्षक हान्स मिकेल विसले पहिलो खेलमा नेपालबिरुद्ध संघर्ष गरेपनि फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

घरेलु टोलीबिरुद्ध हुने खेल निकै प्रतिष्पर्धातमक हुने विश्वास राख्दै अहिलेको टोलीमा धेरैजसो खेलाडीले यु–१९ उमेर समूहको भएको र उनीहरुले राम्रो खेल्दै घर फर्किने बताए ।

यस्तै लाओसका कप्तान साउकाफोन भोनचेनखामले फाइनल प्रतिष्पर्धाका लागि टोली उत्साहित भएको बताए ।

पहिलो खेलमा आफ्नो टोली मौसमका कारण अपेक्षाअनुसार खेल्न नसकेको र केही दिनको बसाईपछि टोली अभ्यस्त भएको भन्दै फाइनल उपाधिका लागि खेल्ने बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ३८ बजे