मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिया छनोट : नेपालले आज भियतनामसँग खेल्ने



काठमाडौँ-अर्को वर्ष पेरिसमा आयोजना हुने ओलम्पिक अन्तर्गत नेपाली महिला टिमले एसिया छनोट खेलिरहेको छ ।

पहिलो चरणको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्ने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे नेपालले बलियो प्रतिद्वन्द्वी भियतनामसँग खेल्ने छ ।

पहिला खेलमा ५–१ गोल अन्तरले पराजित भएको नेपाल पछिल्लो गल्ती कम गर्दै राम्रो नतिजा निकाल्ने योजनाका साथ मैदान उत्रने छ ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको भियतनाम आज पनि सहज जितका साथ ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्ने प्रयास गर्ने छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक अनन्त राज थापाले पहिलो खेलका गल्ति सुधार गर्दै भियतनामविरुद्ध उत्रने बताएका छन् ।

छनोट चरण अन्तर्गत समूह सीमा नेपालसहित भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन रहेका थिए ।

तर अन्तिम समयमा अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनाममात्रै भिडेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १० : २४ बजे