मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसीसी प्रिमियर कप सुरूः नेपालले मलेसियाविरुद्ध बलिङ थाल्यो



काठमाडौं, ५ बैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

घरेलु टिम नेपालले मलेसियाविरुद्धमा टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा सुरु भएको खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेको हो । मलेसियाले टस जितेर ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो ।

नेपालले घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ का आठ खेलमा शतप्रतिशत जित निकालेको थियो ।

मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाल सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ । नेपाल एकदिवसीय क्रिकेटमा पछिल्लो १२ खेलमध्ये एक खेलमा मात्र पराजित भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ९ : २७ बजे