मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य



काठमाडौं, ५ वैशाख । एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।

मलेसियाका लागि कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५।५ ओभरमा २२ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३÷३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट लिए ।
केहीबेरमै नेपालले जवाफी ब्याटिङ गर्दै छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  २ : ०४ बजे