कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ



धनगढी, ५ वैशाख । कैलालीका लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–५ गेटाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् ।

४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित गोदारी नगरपालिका–७ का २८ वर्षीय पदम साउँदसहित दुई जनालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।

प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार  ८ : १० बजे