मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा कांग्रेस सरकारमा जादै, आज तीन मन्त्रीले सपथ लिने



सुर्खेत, ६ बैशाख । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।

जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिदैछन । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलवार तीनजनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।

कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्ण कुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्ग बहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् ।

सो नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले सपथ ग्रहण गराउँदैछन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ५१ बजे