मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओमानविरुद्ध नेपालले लियो पहिलो विकेट



एसीसी प्रिमियर कपमा ओमानविरुद्ध नेपाललाई पहिलो सफलता हात परेको छ ।

नेपाललाई ओमानविरुद्ध महत्वपूर्ण विकेट ललित राजवंशीले दिलाएका हुन् ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पाँचौं ओभरमा पहिलो विकेट गुमाएको हो ।

नेपालका बलर ललित राजवंशीले आमानका ओपनर जतिन्दर सिंहलाई खेलको पाँचौं ओभरको तेस्रोे बलमा आउट गरेका हुन् ।

जतिन्दरले १२ बलमा दुई चौकाको मद्दतले १५ रन बनाएका थिए ।

उनी र अर्का ओपनर कश्यप प्रजापतिले ३२ रनको साझेदारी गरेका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ३१० रनको बनाएको थियो ।

नेपाललका लागि युवा ब्याट्सम्यान कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मद्दतले १०८ रनको सतकीय पारी खेलेका थिए ।

त्यस्तै सोमपालले ४८ बलमा ९ चौका प्रहार गर्दै अविजित ६३ रनको योगदान गर्दा करण केसी २९ रनमा अविजित रहेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १ : ५८ बजे