मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपले बनाए सर्वाधिक छिटो १ सय विकेट पूरा गर्ने विश्व कीर्तिमान



नेपालका स्टार स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेट नयाँ कीर्तिमान बनाएका छन् ।

सन्दीपले ओडिआईमा सर्वाधिक छिटो १ सयौं विकेट पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेर कीर्तिमान बनाएका हुन् ।

सन्दीपले एसिसि प्रिमियर कप अन्र्तगत ओमानसंगको खेलमा उक्त कीर्तिमान तोडेका हुन् ।

ओमानका अदिल शफिकलाई आउट गर्दै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाए।

सन्दीपको ४२ ओडिआई खेलमा एक सय विकेट पूरा गर्दै इतिहास रचे ।

यो संगै सन्दीपले अफगानिस्तानका राशिद खानको रेकर्ड समेत तोडे ।

यसअघि ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान राशिदको नाममा छ । उनले ४४ खेलमा ओडिआईमा एक सय विकेट पूरा गरेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : १५ बजे