मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओमनले मलेसियालाई हरायो



काठमाडौँ, १० वैशाख । एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमनले ४१ दशमलव चार ओभरमा दुई विकेट गुमाउदै पूरा ग¥यो ।

ओमनका लागि जितेन्दर सिहंले सर्वाधिक एक सय एक रनको योगदान दिए । उनलेएक सय ११ बलमा १३ चौका र एक छक्काको मद्दतमा अविजित उक सय एक रनको योगदान गरेका हुन । त्यस्तै कस्यप प्रजापतिले ६६ रन जोडे भने जिसन मक्सुदले ५२ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रनको योगदान दिएका थिए भने मुहम्मद स्याहदातले ५५ रन बनाए । बलिङतर्फ ओमनका जिसन मक्सुदले चार विकेट लिए भने आयन खान र विलल खानले समान दुई÷दुई विकेट लिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ४ : २६ बजे