मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतारले पाँच विकेट गुँमायो, सोमपालले लिए तीन विकेट



एसीसी प्रिमियर कपको समुह चरणको अन्तिम खेलमा नेपाललाई कतारविरुद्ध पाँचौ सफलता हात परेको छ ।

नेपाललाई पाँचौ सफलता सोमपाल कामीले दिलाएका हुन् । उनले जारी खेलमा तीन विकेट लिएका छन् । सोमपालले पाँचौ विकेटको रुपमा कतारका इक्रामुल्लाह खानलाई पाँच रनमा आउट गरेका हुन् । कतार १२ ओभरको समाप्तीमा ३७ रनमा पाँच विकेट गुमाएको छ । खेलको १० औं ओभरको चौथो बलमा उनले कतारका मुहम्मद तनभिरलाई शुन्य रनमा आउट गरेका हुन् ।

यसअघि सोमपालले नेपाललाई दोस्रो विकेट दिलाएका थिए । कतारले ३० रन बनाएको स्थितिमा इमाल लियाङगीलाई खेलको छैटौं ओभरको सोमपालले विकेट लिएका थिए । उनले ६ रन बनाएका थिए ।

नेपाललाई तेस्रो सफलता सन्दिप लामिछानेले दिलाएका थिए । खेलको नवौं ओभरको तेस्रो बलमा सन्दिपले जाहिरलाई आरिफ शेखको हातबाट क्याच आउट गरेका हुन् ।

पहिलो विकेटका रुपमा ओपनर कमरान खान आउट भएका थिए । उनले ८ रन बनाएका थिए । खेलको तेस्रो ओभरको दोस्रो बलमा ललितले कमरानलाई दिपेन्द्र सिंह ऐरिको हात बाट क्याच आउट गरेका हुन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाललाई खेलको ४०।३ ओभरमा १५७ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

नेपालका लागि सर्वाधिक रन सन्दिप लामिछानेले बनाएका छन् । उनी अविजित रहँदै ४२ रन बनाएका छन् ।

नेपालले खराब सुरुवात गरेको थियो । नेपालले पहिलो ९ रन बनाउँदा दुई विकेट गुमाएको थियो । नेपालका ओपनर कुशल भुर्तेल दुई तथा भिम सार्की ६ रन बनाउँदै आउट भएका थिए ।

त्यस्तै रोहित पौडेलले २७ रन बनाउँदा आशिफ शेख १९, दिपेन्द्र सिंह ऐरीले १२ रनको योगदान गरे । सोमपाल कामी र आरिफ शेखले समान ११ रनको योगदान गरे । नेपालका पाँच खेलाडीले दोहोरो अंकको रन बनाउन असफल रहे । कुशल मल्ल तीन, गुल्शन झा सात रन र ललित राजवंशी एक रन बनाउँदै आउट भएका थिए ।

कतारका लागि आमिर फारुकले सर्वाधिक चार विकेट लिँदा ववाइस अहमदले तीन र गयान मुनाविराले दुई र इक्रामुल्लाह खानले एक विकेट लिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  २ : ०५ बजे