मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसीसी प्रिमियर कप : कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता



काठमाडौं, १४ वैशाख । एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ को विजेता बनेको छ ।

बिहीबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बनेको हो । योसँगै नेपाल समूह विजेतको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्नेको हो । अब नेपालले समूह ’बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ।

बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कतारलाई १५८ रनको चुनौती दिएको थियो । उक्त रनको चुनौती लक्ष्य पछ्याएको कतार २५।१ ओभरमा ८९ रनमा अलआउट भयो ।

नेपालको जितमा सन्दीप लामिछानेले पाँच विकेट लिएका थिए भने सर्वाधिक नटआउट ४२ रन जोडे । उनी बलिङ र ब्याटिङ दुवैमा चम्किए । ललित राजवंशीले २ र सोमपाल कामीले ३ विकेट लिएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ३ : ३८ बजे