लागुऔषधसहित नौजना पक्राउ



काठमाडौं, १७ वैशाख । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित नौजना पक्राउ परेका प्रहरीले जनाएको छ । कैलालीको गोदावरी नगरपालिका-५ स्थित सडकबाट अवैध लगुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका(११ बस्ने २६ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा म.२ प ६८४४ नम्बरको मोटरसाइकल चालक चौधरीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका(१७ आइसिबी चेक पोइन्टबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी गढिमाई नगरपालिका(८ बस्ने ४० वर्षीय कालिराम महत्तो र सोही नगरपालिका-७ बस्ने २२ वर्षीय अम्लेष महत्तो रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को।१९ प ५७५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका(१ धिमाल बस्तिबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(५ बस्ने २५ वर्षीय खेम मगर र बुद्धशान्ति गाउँपालिका(३ बस्ने १९ वर्षीय प्रजित तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाकै बिर्तामोड नगरपालिका(१ स्थित मनकामना स्कुल छेउबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय निश्चल भण्डारी र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय विवेक खड्का रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाकै अर्जुनधारा नगरपालिका(११ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय २० मिलिग्रामसहित मोरङ आमचोक गाउँपालिका(५ बस्ने २० वर्षीय विशाल दमाईलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित चितवन खैरहनी नगरपालिका(३ घर भएका २९ वर्षीय सागर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १४६३ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : बैशाख १७, २०८० आईतबार  ३ : ४३ बजे