एसीसी प्रिमियर कप फाइनल : नेपाल टस जितेर फिल्डिङमा



काठमाडौ, १८ बैशाख । एसीसी प्रिमियर कपको फाइनल खेल सुरू भएको छ ।

नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि कप्तान रोहित पौडेलले नेपालका लागि फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्।

शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो।

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  १० : ०० बजे