एसीसी प्रिमियर कप : नेपालले लियो सातौँ विकेट, दबाबमा यूएई



काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सातौँ विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा यूएईका आयन अफजाल खान आउट भएसँगै नेपालले सातौँ विकेट लिएको हो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी, ललित राजवंशसी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २६ ओभरको समाप्तिमा ७ विकेटको गुमाएर १०३ नर जोडेको छ ।

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  ११ : ४४ बजे