मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र यूएईबीचको खेल भोलिसम्मका लागि स्थगित



काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपाल र यूएईबीच भएको खेल वर्षाका कारण मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।

सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोडेपछि वर्षाका कारण खेल रोकियो । तर, वर्षा नरोकिएपछि मंगलबार पुनः खेल हुनेगरी स्थगित गरिएको हो ।

नेपाल क्रिकेट संघ का क्रिकेटका अनुसार खेल अब सोमबारकै स्थितिबाट मंगलबार खेल सुरु हुनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ४ : २६ बजे