मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, अब भारत र पाकिस्तानसँग खल्ने



काठमाडौं, १९ वैशाख । एसीसी प्रिमियर कपको नेपाल च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूएईले सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

यूएईले दिएको ११८ रनको लक्ष्य लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०.३ ओभरमै भेट्याएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन जोड्दा भीम सार्कीले ३६ रन जोडेका थिए ।

कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी पेभेलियन फर्किएका थिए ।

यो जितसँगै अब नेपालले भारत र पाकिस्तानसँग एसियन कप खेल्ने भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ०५ बजे