मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र स्कटल्याण्डबीच दक्षिण अफ्रिकामा आज अभ्यास खेल हुदै



जेष्ठ २५ काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटको ग्लोबल छनोटको तयारीमा रहेको नेपालले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै छ ।

जिम्बाबेमा आयोजना हुन लागेको ग्लोबल छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली टोलीले त्यहाँ स्कटल्याण्डसँग खेल्न लागेको हो ।

नेपाल र स्कटल्याण्डबीचको खेल दिउँसो पौने १ बजे सुरुहुने छ ।यो खेल अन्तर्राष्ट्रिय मान्यता प्राप्त भने होइन ।यो खेलमा टोलीका १६ जनामध्ये ११ जनाले बलिङ र ब्याटिङ गर्न पाउने छन् ।

नेपाली टिम :

कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १० : ५५ बजे