राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना



काठमाडौं, २ असार ।राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना भएका छन् । उनको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना भएका हुन ।

सो सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

–––

प्रकाशित मिति : असार २, २०८० शनिबार  ११ : ०० बजे