मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका लागि खर्च कटौती गर्न माग : सांसद सिंह



काठमाडौं, १० असार । स्वतन्त्र सांसद डा। अमरेश कुमार सिंहले नेपालका लागि राष्ट्रपति र उपराष्ट्रपति कार्यालय सेतो हात्ती बनेको टिप्पणी गरेका छन् । आज आईतबार जारी प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका लागि खर्च कटौती आवश्यक रहेको बताए । नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिलाई कुनै सुरक्षा थ्रेट नरहेको दाबी गर्दै उनले हजारौं सुरक्षा कर्मी र गाडी लगायतको खर्च कटौती गर्न आवश्यक रहेको उनले बताए ।

‘हामीले राष्ट्रपति र उपराष्ट्रपतिलाई सेतो हात्तीको रुपमा पालेर राखेका छौं । त्यो कार्यालयबाट जनताको पक्षमा के–के काम भइराखेको छ रु मैले बुझ्न सकेको छैन । हाम्रो देशमा त्यस्तो कुनै सुरक्षा थ्रेट छैन कि हजारौं हजार सुरक्षाकर्मी त्यहाँ परिचालन गर्ने । जनतासँग भेट्न नहुने, कुरै गर्न नदिने, जनसरोकारको विषयमा राष्ट्रपति र उपराष्ट्रपतिलाई मूर्ति बनाएर राख्ने रु’ उनले प्रश्न गरे ।

अरु देशमा उपराष्ट्रपतिलाई राष्ट्रिय सभा प्रमुको जिम्मेवारी रहेको स्मरण गर्दै उनले खर्च कटौतीका लागि नेपालले पनि सोही प्रक्रिया अबलम्बन गर्न आवश्यक रहेको उनले बताए । भिआईपी कल्चरकै कारण अहिले जनतामा गणतन्त्रप्रति वितृष्ण बढेको उनको दाबी छ । देशमा भिआईपी प्राइरिटीमा परेको र जनता प्राइरिटीमा नपरेको उनले बताए । आफूहरुले जनताको राष्ट्रपति चाहेको उनले बताए । नेताको सुविधाको ख्यालसँगै जनताको सुविधाको ख्याल गर्न सरकार गम्भीर हुन आवश्यक रहेको उनले बताए । उनले राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गर्न माग गरे ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १२ : ०३ बजे