बलात्कार आरोपमा एकजना पक्राउ



मोरङ, ११ असार । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका(१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका(१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : असार ११, २०८० सोमबार  ५ : ०६ बजे