सोताङ गाँउपालिकाको बजेट ३२ करोड ४० लाख



११ असार, सोलुखुम्बु । सोताङ गाँउपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागी ३२ करोड ४० लाखको प्रस्ताबित बजेट प्रस्तुत गरेको छ ।गाँउपालिकाको सभाहलमा आयोजित गाँउसभामा आगामी वर्षको लागि ३२ करोड ४० लाखको प्रस्ताबित बजेट प्रस्तुत गरिएको हो ।प्रस्तुत बजेट गाँउसभाबाट पारित भएको छ ।

कार्यक्रमा बोल्दै अध्यक्ष खिलराज बस्नेतले बजेटमा सकेसम्म स्थानिय आवश्यक्ता समेट्ने कोशिस गरिएको बताए । बस्नेतले बजेट निर्माणमा गाँउको बिकास र जनताको हितलाइ अधिकतम् ध्यान दिइएको उल्लेख गरे ।

सिमित श्रोत साधनबाट सबै आवश्यकता पुरा गर्न र बिकाशको लक्ष्य भेट्टाउन कठिन रहेको भन्दै उपलब्ध श्रोत साधनको अधिकतम् सदुपयोग गरिने बस्नेतले दाबि गरे ।

शिक्षा, कृषि र स्वास्थ्यलाइ प्राथमिकतामा राखेर बजेट तयार गरिएको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत श्रिधोज राइले जानकारि दिए ।

प्रकाशित मिति : असार ११, २०८० सोमबार  ७ : ३१ बजे