मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशसभा बैठक बस्दै, दुई मन्त्रालयको बजेट माथी छलफल हुने



काठमाडौ, १३ असार । आज कर्णाली प्रदेश सभाको बैठकक बस्दैछ ।

प्रदेश सभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे बोलाईएको छ ।

प्रदेश सरकारको प्र्रस्तुत गरेकोा आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम माथी आजवाट छलफल सुरु हुनेछ ।

मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : ३१ बजे