नाम मेटेर पशुपतिमा जलहरी पुनर्स्थापित गरिँदै



काठमाडौं, १३ असार । पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी पुनर्स्थापित गरिँदै छ । अहिले पुनर्स्थापित गर्ने काम भइरहेको बताइएको छ । पशुपतिनाथको मन्दिरमा राखिएको १०७ किलोभन्दा बढी तौलको सुनको जलहरीमा कुँदिएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाकै नाम मेटिएको छ।

जलहरीमा कुँदिएको १३ जनाकै नाम मेटेर चार दिनपछि बुधबार बेलुकी जलहरी पुन: स्थापित गर्ने काम भइरहेको बताइएको छ ।

बाहिर गेटमा सुरक्षाकर्मी तैनाथ गरेर जलहरी राखिँदै छ । दर्शनार्थीलाई प्रवेश निषेध गरिएको छ । यसअघि बुधबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको थियो ।

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो ।

प्रकाशित मिति : असार १३, २०८० बुधबार  ७ : ५७ बजे