एउटै पालिकामा ५५ जना क्यान्सरका बिरामी



काठमाडौ , १७ असार । झापाको हल्दिबारी गाउँपालिकामा ५५ जना क्यान्सरका बिरामी रहेका छन् ।

हल्दिबारीमा क्यान्सरका ५५ जना, किड्नी प्रत्यारोपण गरेका ४ जना, डायलाइसिस गरिरहने १४ जना र मेरूदण्ड पक्षघातका बिरामी पाँच जना रहेका पालिकाको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।

सरकारले क्यान्सर, डाइलोसिस, किड्नी प्रत्यारोपण र मेरूदण्डका पक्षघात भएका बिरामीलाई मासिक औषधि उपचार खर्च पाँच हजार रुपैयाँ दिने निर्णयअनुसार हालसम्म हल्दिबारीमा दर्ता भएका बिरामीहरुको संख्या ७८ जना पुगेको छ ।

स्वास्थ्य शाखाले दिएको तथ्याङ्कअनुसार वडा नं। १ मा १९ जना क्यान्सर, ४ जना डायलाइसिस, २ जना किड्नी प्रत्यारोपण र एक जना मेरुदण्ड पक्षघातका बिरामी छन् ।

वडा नं। २ मा १७ जना क्यान्सर, ४ जना डायलाइसिस र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् । वडा नं। ३ मा ५ जना क्यान्सर, ३ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् ।

वडा नं। ४ मा ४ जना क्यान्सर, २ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र १ जना मेरूदण्ड पक्षघातका बिरामी छन् । वडा नं। ५ मा १० जना क्यान्सर, १ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र १ जना मेरूदण्ड पक्षघातका बिरामी छन् ।

प्रकाशित मिति : असार १७, २०८० आईतबार  ५ : ३५ बजे