कोशीमा नयाँ सरकार गठनका लागि ५ दिनको समयसहित आह्वान



काठमाडौं, १७ असार । प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका ५ दिनको समय दिएर दलहरुलाई आह्वान गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि प्रदेश प्रमखु खापुङले आह्वान गरेका छन्।

हिम्मत कार्की नेतृत्वको एमाले सरकारले शुक्रबार प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको हो।

प्रकाशित मिति : असार १७, २०८० आईतबार  ९ : ३२ बजे