कोशी अस्पतालको मेसुमा डा. चन्द्रभाल झा नियुक्त



काठमाडौँ, १८ असार । सरकारले मोरङस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झालाई नियुक्त गरेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. झालाई कोशी अस्पतालको मेसुमा नियुक्त गरेका हुन् ।  
 

प्रकाशित मिति : असार १८, २०८० सोमबार  २ : ४१ बजे