मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित



काठमाडौं, २० असार । प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भए लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ  ।


आगलागी भएपछि बुधबार नै बस्नेगरी १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो । जेनरेटरमा आगलागी भएको जानकारी दिँदै सभामुख तुलाराम घर्ती मगरले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे । 


बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा बैठक स्थगित गर्नुपरेको हो । 

प्रकाशित मिति : २० असार २०८०, बुधबार  २ : ३० बजे